सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
प्रकाशित मिति: मंगलबार, जेठ ०१, २०८१ | १९:४१:२३
चितवन, ०१ जेठ । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । गत २५ पुसमा जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन पुगेका थिए ।
प्रकाशित मिति : मंगलबार, जेठ ०१, २०८१ |
१९:४१:२३
2971