संसद् अवरोधका विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल
प्रकाशित मिति: बुधबार, जेठ ०२, २०८१ | ९:३२:१७
चितवन, ०२ जेठ । संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीचको छलफल जारी छ । छलफलका लागि सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यावाद दिने कार्यसूची पनि थियो ।
तर सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन । कांग्रेसको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो ।
प्रकाशित मिति : बुधबार, जेठ ०२, २०८१ |
९:३२:१७
1673