‘हेर्दाहेर्दै’मा राखिएको सन्दीपको मुद्दामा आज पनि सुनुवाइ
प्रकाशित मिति: बुधबार, जेठ ०२, २०८१ | ९:३६:०४
चितवन, ०२ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज पनि हुँदै छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो । यस मुद्धाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्धाको फैसला पनि आजै आउनसक्ने बताइएको छ ।
गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
प्रकाशित मिति : बुधबार, जेठ ०२, २०८१ |
९:३६:०४
2267