पौडी खेल्ने क्रममा बबई नदीमा डुबेर दाजुभाइको मृत्यु
प्रकाशित मिति: बुधबार, जेठ ०२, २०८१ | ९:५७:३४
चितवन, ०२ जेठ । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए । दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।
प्रकाशित मिति : बुधबार, जेठ ०२, २०८१ |
९:५७:३४
3939