सिरोहियालाई पक्राउ गर्न कान्तिपुर पुग्यो प्रहरी
प्रकाशित मिति: मंगलबार, जेठ ०८, २०८१ | १८:३४:०५
चितवन , ०८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरको कार्यालयमा पुगेको छ । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो ।
सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
प्रकाशित मिति : मंगलबार, जेठ ०८, २०८१ |
१८:३४:०५
2377