सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा
प्रकाशित मिति: बुधबार, जेठ ०९, २०८१ | १९:१३:३१
चितवन , ०९ जेठ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिकसञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।
बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो ।
प्रकाशित मिति : बुधबार, जेठ ०९, २०८१ |
१९:१३:३१
1981