राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद गतिरोधबारे छलफल
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ | ११:५२:५७
चितवन , ११ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जारी संसद्को गतिरोधबारे चासो सँगै चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले संसद्मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, जेठ ११, २०८१ |
११:५२:५७
1871