गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ | १२:४७:१५
चितवन , १६ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको रिट सुनुवाइ गर्न आज सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए ।
प्रकाशित मिति : बुधबार, जेठ १६, २०८१ |
१२:४७:१५
2465