माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१ | १२:४४:५१
चितवन , १८ जेठ । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आजै बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।
बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ । आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, जेठ १८, २०८१ |
१२:४४:५१
1299