भारतको बैंग्लोरमा बझाङका एकै परिवारका पाँच जनाको जलेर मृत्यु
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ | १८:५५:५४
चितवन , २१ जेठ । भारतको बैंग्लोरमा एकै परिवारका पाँच नेपालीको जलेर मृत्यु भएको छ । गत बुधबार राति खाना पकाउने क्रममा ग्याँस लिक भइ आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका सुइलका एकै परिवारका पाँच जना घाइते भएका थिए । घाइते भएका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।
मदन विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए ।
प्रकाशित मिति : सोमबार, जेठ २१, २०८१ |
१८:५५:५४
2311