फणीन्द्र देवकोटाको रिटमा सर्वोच्चले दियो अन्तरिम आदेश, तत्काललाई जोगियो सांसद पद
प्रकाशित मिति: सोमबार, आषाढ १०, २०८१ | १५:५१:२९
चितवन , १० असार । नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सोमबार सुनुवाइ सकिएसँगै फणीन्द्रलाई कारबाही गर्ने नेकपा माओवादी केन्द्र र सभामुख कृष्ण प्रसाद धितालको निर्णय कार्यान्वयन नगर्न सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आदेश दिएको हो । योसँगै देवकोटाको सांसद पद तत्काललाई जोगिएको छ ।
विश्वासको मत नदिने पार्टीको ‘ह्वीप’ उल्लंघन गर्दै उनले नेपाली कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । लगत्तै देवकोटालाई माओवादी संसदीय दलका नेताले २०८१ जेठ २९ गते स्पष्टीकरण सोधेको र ३१ गतेको पत्रबाट कारबाही गरिएको थियो ।देवकोटाले आफूमाथि गरिएको कारबाही बदरको माग गर्दै सर्वोच्चमा गत असार ६ गते रिट दायर गरेका थिए ।
प्रकाशित मिति : सोमबार, आषाढ १०, २०८१ |
१५:५१:२९
1299