युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री
प्रकाशित मिति: सोमबार, आषाढ १७, २०८१ | १३:०८:४८
चितवन, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् । आज पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुपर्ने बताएका हुन् ।
उन्ली भने, ‘युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ, ‘अतः २१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकताहरू बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।’
प्रकाशित मिति : सोमबार, आषाढ १७, २०८१ |
१३:०८:४८
1079