गृहमन्त्री लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई
प्रकाशित मिति: मंगलबार, आषाढ १८, २०८१ | १५:३४:०२
चितवन , १८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । मंगलबार दिउसो प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्री लामिछाने प्रचण्डलाई भेटेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यमा सहमति भएपछि गृहमन्त्री लामिछाने सांसद स्वर्णिम वाग्लेसहित प्रधानमन्त्री कार्यालय गएका हुन् ।
त्यसअघि उनले पार्टीका केही नेतासँग गृह मन्त्रालयमा छलफल गरेका थिए । कांग्रेस र एमालेले सत्ता समिकरणका लागि सहमती गरेपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ १८, २०८१ |
१५:३४:०२
1233