प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता डा. काेइरालाबिच भेट, के–के भयो छलफल ?
चितवन , २२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ । नेता कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । कांग्रेस र एमाले मिलेर सरकार बनाएर अघि बढ्ने सहमति भइरहेको बेलामा नेता कोइराला बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा समात्छन् सर्वत्र चाँसोका साथ हेरिएकाे छ । राष्ट्रपतिले ७६ (३) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरे ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । यो अन्योलताबीच हिजो नेता कोइरालाले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकार गठन प्रत्रिया ७६ (३) मा जानसक्ने सार्वजनिक रुपमा आशंका व्यक्त गरेका थिए ।
यसरी शुक्रबारमात्रै प्रधानमन्त्री देउवा बन्न सक्ने अभिव्यक्ति दिएका नेता काेइरालाइ आजै प्रधानमन्त्री प्रचण्डले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएकाे हाे । आफू अल्पमतमा पर्दासमेत प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बाटो रोजेर ओलीलाई प्रधानमन्त्री बन्न छेक्न खाेजेका छन् । सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको दावी छ । प्रधानमन्त्रीले बोलाएपछि आफू बालुवाटार गएको नेता कोइरालाले बताएका छन् । उनले समासायिक राजनीतिक विषयमा कुराकानी भएकाे बताए ।