अब बन्ने सरकार ७६ (२) अनुसारकै हुन्छ : शेखर कोइराला
प्रकाशित मिति: मंगलबार, आषाढ २५, २०८१ | १८:५९:३१
चितवन, २५ असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताएका छन् । आज काठमाडौँको जोरपाटीमा भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अलमलमा नपर्न पनि आग्रह गरे ।
उनले भने, ‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने । म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु- यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ। यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईंहरूको माझमा राख्न चाहन्छु,’ ।
प्रकाशित मिति : मंगलबार, आषाढ २५, २०८१ |
१८:५९:३१
1365