दोलखाको भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ | १६:३८:१०
चितवन, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका छन् । उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो ।
प्रकाशित मिति : शुक्रबार, साउन ११, २०८१ |
१६:३८:१०
1585