कांग्रेस महामन्त्रीलाई रास्वपाको प्रश्न- मनोज केसीको सरुवाबारे बोल्न सक्नुहुन्छ ?
चितवन, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले डीआइजी मनोज केसीको सरुवालाई लिएर आपत्ति जनाएको छ । संसद बैठकमा बोल्दै रास्वपा सांसद हरि ढकालले विश्वासको मत लिएको दुई दिनभित्र अब्बल राष्ट्रसेवकको सरुवा गरिएको बताए । संसद्को आकस्मिक समयमा बोल्दै ढकालले भने, ‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो, विश्वासको मत लिएको दुई दिनभित्रमा । के उद्देश्यका लागि ? हामीले सरकार गठन गर्दा जुन उद्देश्यले सरकार गठन गरेको थियो भनेका थियौँ, त्यसै उद्देश्यका लागि सरुवा गरिएको छ ।’
उनले थपे, ‘कांग्रेसका महामन्त्रीज्यूले असार १० गते एउटा पोस्ट गर्नुभएको थियो– इन्स्पेक्टर सरुवाको विषयमा गलत भाष्य साबित गर्नका लागि । म आग्रह गर्न चाहन्छु कांग्रेसका एक महामन्त्रीज्यूलाई डीआईजी मनोज केसीको सरुवाको विषयमा तपाईं बोल्न सक्नुहुन्छ कि हुँदैन यो सदनमा ?’