पोखरा स्कुल बस दुर्घटना : आमाको मृत्युपछि छोराको पनि मृत्यु
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ | १३:०४:२८
चितवन, १४ साउन । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस पोखरा २१ को गुड्कु भन्ने भित्री सडकबाट बिहान पौने ९ बजेतिर ५० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकाेमा डाक्टरले आमालाई ९:४१ बजे मृत घोषणा गरेको थियाे । त्यसकाे केहिबेरमै छोराकाे पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर अन्य २८ जना घाइते भएका छन् । उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्रकाशित मिति : सोमबार, साउन १४, २०८१ |
१३:०४:२८
1365