एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ | १३:३५:१८
चितवन, १६ साउन । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो । बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएका छन् ।
प्रकाशित मिति : बुधबार, साउन १६, २०८१ |
१३:३५:१८
4995



















