नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवकको शव भेटियो
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ | १५:०२:२३
चितवन, १६ साउन । नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो ।
उक्त शव सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको रहेकाे प्रहरीले जनाएको छ । युवकको मृत्युको कारण खुलेको छैन। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन १६, २०८१ |
१५:०२:२३
2399