राष्ट्रपति पौडेलले गरे ३ प्रदेश प्रमुख नियुक्त
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ | १९:०२:२९
चितवन, १६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बीनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।
यसअघिका बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनले नयाँ नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन १६, २०८१ |
१९:०२:२९
1827