उपप्रधानमन्त्री सिंहलाई भेट्न मेयर बालेनले गरे बहिष्कार
चितवन, १७ साउन । बिहीबार दिउँसो उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटघाट कार्यक्रम मन्त्रालयमै राखेका थिए । फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनसहितको टोली सिंहलाई भेट्न सिंहदरबार छिरेको थियो । तर उक्त फोरमका सदस्यका रुपमा रहेका काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर दुवैजना उक्त भेटघाटमा सहभागी भएनन् ।
सिंहदरबारमा मेयर्स फोरमका सदस्य र उपप्रधानमन्त्री सिंहबीच वार्ता चलिरहँदा काठमाडौंका मेयर बालेन्द्र र उपमेयर सुनिता भने २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा निर्माण पूरा भएको मौलिक शैलीको वडा भवन उद्घाटमा व्यस्त थिए । उपत्यका मेयर्स फोरमका अध्यक्ष महर्जन र काठमाडौंका मेयर साहबीच यसअघि पनि अनमनको अवस्था थियो । साहले एक कार्यक्रममा आफूलाई पहिले बोल्न नदिएको भनेपछि महर्जनसँग नोकझोंक भएको थियो । त्ययसता साह उपत्यका मेयर फोरमममा सक्रिय छैनन्।