मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ | १४:३५:१०
चितवन , १८ साउन । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।
अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १८, २०८१ |
१४:३५:१०
1915