काठमाडौंका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ | १२:२३:४८
चितवन , २२ साउन । मनसुन पुनः सक्रिय हुँदा वर्षासँगै काठमाडौँ उपत्यकास्थित नदीहरूमा भीषण बाढी आइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका बागमती, मनोहरा, हनुमन्ते, धोबीखोलालगायतमा जल सतहले सतर्कता तह पार गरेको छ । नदी तथा खोला किनारमा रहेका बस्ती बाढी र डुबानको उच्च जोखिममा रहेकाले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २२, २०८१ |
१२:२३:४८
1585