कुलमानले सुनाए प्राधिकरणको उपलब्धि : नाफा ४७ अर्ब बढी (पूर्णपाठसहित)
चितवन , २५ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन् । शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसर पारी प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका हुन् । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोमा प्राधिकरणले अहिले उल्लेख्य नाफा कमाएको घिसिङले बताए । ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’– उनले भने । आफू २०७८ साल साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्त भएको बताउँदै उनले अहिले सामुदायिकसहित ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक रहेको बताए ।
कुलमानले आफू पहिलो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा (आठ वर्षअघि) प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको बताए । प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको उनले बताए । निर्देशक कुलमानले सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत पुर्याउन निशुल्क मिटरसमेत वितरण गरिएको बताए ।
यस्ता छन् उपलब्धि :