जोरपाटीको धागो फ्याक्ट्रीमा आगलागी
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ | १७:५८:३०
चितवन , २५ साउन । काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् ।
स्थानीय, प्रहरी र अन्य सुरक्षाकर्मीसहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २५, २०८१ |
१७:५८:३०
1871