संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ | १५:२३:४६
चितवन , २९ साउन । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो । बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजे पछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ ।
उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । तर, आज उनी निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगे पछि सुनारलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति : मंगलबार, साउन २९, २०८१ |
१५:२३:४६
2927


















