बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका ४ जनाको शव फेला
प्रकाशित मिति: सोमबार, भाद्र ०३, २०८१ | १४:०४:१८
चितवन, ०३ भाद्र । बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जना मृत फेला परेका छन् । आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाकाे शव फेला परेकाे प्रहरीले जानकारी दिएकाे हाे ।
राति १० जना सुतिरहेकाे अवस्थामा स्थानीय वीर बहादुर धामीको घर एक्कासी पहिराे गएर पुरिएपछि ४ जना बेपत्ता भएका थिए । अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए । उनीहरुकाे उपचारपश्चात अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : सोमबार, भाद्र ०३, २०८१ |
१४:०४:१८
3917



















