रवि लामिछानेलाई सहकारी छानबिन समितिले बयानका लागि बोलायो
प्रकाशित मिति: बिहिबार, भाद्र ०६, २०८१ | १६:४६:२६
चितवन, ०६ भाद्र । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको हो ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ०६, २०८१ |
१६:४६:२६
881