रामेछापको दोरम्बा शैलुङमा पहिरोमा परी २ जनाको मृत्यु, ११ जना बेपत्ता
प्रकाशित मिति: आइतबार, भाद्र ०९, २०८१ | ८:०६:५७
चितवन, ०९ भाद्र । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित लेखर्कवस्तीमा पहिरो गएको हो । पालिकाका सूचना अधिकारी भोला पाठककाअनुसार पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शिक्षिका र उनका छोरा रहेका छन् ।
यसैगरी, पहिरोमा ११ जना बेपत्ता भएको आशंका गरिएको छ । पहिरोले ४ वटा घर र एउटा पक्की पुल बगाएको छ । ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ ।’ हाल स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार कार्य जारी राखेका छन् ।
प्रकाशित मिति : आइतबार, भाद्र ०९, २०८१ |
८:०६:५७
2003