पशुपति क्षेत्रमा ३ दिन मासु, मदिरा बेचबिखन तथा सेवन निषेध
प्रकाशित मिति: बुधबार, भाद्र १९, २०८१ | १७:१६:३८
चितवन, १९ भदौ । पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै हरितालिका तीजको ३ दिनसम्म सो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो । तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको सूचनामा उल्लेख छ ।
कसैले नियम विपरीत कार्य गरे कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १९, २०८१ |
१७:१६:३८
2707



















