प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना,जीवन रक्षालाई महत्व दिन आग्रह
प्रकाशित मिति: शुक्रबार, भाद्र २१, २०८१ | १४:०५:३२
चितवन, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आज प्रधानमन्त्री ओलीले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्, “तपाईँहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना १”
प्रधानमन्त्री ओलीले आज देशैभर तीजको रौनक रहेको सन्दर्भ र आफ्नो बाल्यकालमा तीजमा रमाएको स्मरणसमेत गरेका छन् । “बाल्यकालमा तीजमा आमा तथा दिदीबहिनीहरू जम्मा भएर रमाएको आफूलाई खुब मन पथ्र्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीजमात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरू दसैँं आउने दिन गन्न थाल्थ्यौँ”, उनले स्मरण गरेका छन् ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २१, २०८१ |
१४:०५:३२
1453