बागलुङ दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, भाद्र २८, २०८१ | १४:००:००
चितवन, २८ भदौ । बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । उक्त शव पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले जनाएको हो ।
रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा उपाध्यक्ष बुढा र केही कर्मचारीहरु सवार थिए । उनीहरुको पहिचान हुन बाँकी रहेको बागलुङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २८, २०८१ |
१४:००:००
573