प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रकाशित मिति: सोमबार, भाद्र ३१, २०८१ | ९:१४:०४
चितवन, ३१ भदौ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १ बजेदेखि बैठक बस्दै छ । यस अघि आइतबारको बैठक माओवादी केन्द्रले संसदको अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो । गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो ।
अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र ३१, २०८१ |
९:१४:०४
1145