राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य
प्रकाशित मिति: सोमबार, भाद्र ३१, २०८१ | १४:४७:४३
चितवन, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशनको अन्त्य गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसद्को दुवै सदनको चालु अधिवेसन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
यस अघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिश गरेको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र ३१, २०८१ |
१४:४७:४३
4577



















