सहकारी छानबिन समितिको प्रतिवेदन संसदमा पेस
प्रकाशित मिति: सोमबार, भाद्र ३१, २०८१ | १५:२३:१३
चितवन, ३१ भदौ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको जारी बैठकमा प्रतिवेदन पेस गरेका हुन् । थापाले समितिको ५६ वटा बैठक बसेको र पछिल्लो बैठकमा प्रधानमन्त्री आफै उपस्थित भएर सहकारी समस्या समाधानमा प्रतिबद्धता जनाएको बताए । उनले समितिले ४५१ जनासँग छलफल गरेको, ४७ जना सहकारी सञ्चालकसहित अन्य ८ जनासहित ५५ जनासँग सोधपुछ गरेको बताए ।
प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र ३१, २०८१ |
१५:२३:१३
4753



















