भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो
प्रकाशित मिति: मंगलबार, आश्विन ०१, २०८१ | १०:२४:१०
चितवन, ०१ आश्विन । भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ । भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशीमा खसेको थियो ।उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका-५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित सुनकोशी नदीबाट निकालेको थियो ।
तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०१, २०८१ |
१०:२४:१०
4687



















