रवि लामिछानेलाई पक्राउ गर्ने हल्लाबिच रास्वपाले बोलायो आकस्मिक भेला
प्रकाशित मिति: आइतबार, आश्विन ०६, २०८१ | १९:४१:५४
चितवन , ०६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ ।
आइतबार गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएलगत्तै सभापति रवि लामिछाने पनि पक्राउ पर्नसक्ने हल्लाबिच रास्वपा छलफलमा जुट्न लागेको हो। आजै प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रक्राउ गरेको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन ०६, २०८१ |
१९:४१:५४
3785



















