दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
प्रकाशित मिति: मंगलबार, आश्विन ०८, २०८१ | १५:१६:३६
चितवन, ०८ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रसाईलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । प्रहरीको साइबर ब्युरोले प्रसाईलाई चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतलाई प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । भावी प्रधान न्यायधिशका रुपमा सिफारिस भएका राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०८, २०८१ |
१५:१६:३६
463