दसैंका लागि अग्रिम बस टिकट १२ गतेबाट खुल्ने
प्रकाशित मिति: मंगलबार, आश्विन ०८, २०८१ | १७:३८:१५
चितवन, ०८ असोज । दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो । दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाल बताए ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पनि १२ गतेबाट अग्रिम बस टिकट खुल्ला गर्ने निर्णय भएको बताए ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०८, २०८१ |
१७:३८:१५
1431