राष्ट्रसंघको महासभामा म भैंसी दोहेर दुध लिन गएको हैन : प्रधानमन्त्री ओली
प्रकाशित मिति: सोमबार, आश्विन १४, २०८१ | १८:३७:२५
चितवन, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।’ उनले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताए ।
प्रकाशित मिति : सोमबार, आश्विन १४, २०८१ |
१८:३७:२५
353