अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित
प्रकाशित मिति: बुधबार, आश्विन १६, २०८१ | १४:५४:५८
चितवन, १६ असोज । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा रहेको छ । विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन १६, २०८१ |
१४:५४:५८
5897



















