प्रेसिडेन्ट बिजनेस ग्रुपको आजदेखि ‘पक्कु फेस्टिभल’
चितवन, १७ असोज । प्रेसिडेन्ट विजनेश ग्रुपले विजय दशमीलाई लक्षित गरी पक्कु फेस्टिभलको आयोजना गरेको छ । ग्रुपले असोज १७ गतेदेखि २१ गतेसम्म फेस्टिभल आयोजना गर्न लागिएको प्रेसिडेन्ट विजनेश ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताउनु भयो । फेस्टिभल प्रेसिडेन्टको काठमाडौंको चक्रपथमा रहेको शाखामा हुँदैछ ।
खसीको मासुमा विभिन्न प्रकारको मसला प्रयोग गरी बनाइएको मासुको विशेष स्वादको प्रकार हो पक्कु । यो केही दिनसम्म खान मिल्ने गरी बनाइएको हुन्छ । ग्रुपका अध्यक्ष भण्डारीले पक्कु फेस्टिभल नौलो र विशिष्ट प्रकारको भएको र धेरै उपभोक्ताले यसबाट लाभ लिने ग्रुपका अध्यक्ष भण्डारीले नयाँ विश्वलाई बताउनु भयो ।
नेपाली मौलिक खानपानको संस्कृति र परम्परा जर्गेना गर्नका लागि फेस्टिभल आयोजना गरिएको उहाँको भनाई छ । ‘परम्पराको सम्मान, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण’ भन्ने मूल नाराका साथ फेस्टिभलको आयोजना गरिएको छ ।

























