प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त
प्रकाशित मिति: आइतबार, आश्विन २०, २०८१ | १२:४१:४३
चितवन, २० असोज । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो । उनलाई आजै शपथ गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।

प्रकाशित मिति : आइतबार, आश्विन २०, २०८१ |
१२:४१:४३
5831



















