नेपाल वायुसेवा निगमले फूलपातीको दिन काठमाडौं–भैरहवा उडान गर्ने
चितवन, २१ असोज । नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ । मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं-भैरहवा-काठमडौं उडान गर्ने भएको हो । आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं निगमको ब्घद्दण् जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ ।
आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । उनकाअनुसार विमानमा ३० केजीको लगेज लैजान पाउनेछन् । त्यस्तै सोही दिन साढे १२ बजे आर.ए—१७४३ उडान नम्बरमा भैरहवा—काठमाडौं उडान भर्ने र ३ हजार ८ सय भाडादर कायम गरिएको बताए । यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको वेबसाइट (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत अनलाइन टिकट लिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ ।
अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाई भएको अवस्थामा निगमले वडादशैमा आ-आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनी वडादशैंको फुलपातीको सो सेवा दिन लागेको कार्यकारी अध्यक्ष अधिकारीले बताए ।