पाइरेसीविरुद्ध निश्चलले दिए साइबर ब्युरोमा उजुरी
प्रकाशित मिति: सोमबार, आश्विन २१, २०८१ | १९:०३:१३
चितवन, २१ असोज । फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा हाल्नेलाई कार्वाही गर्न भन्दै सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । साइबर ब्युरोका अनुसार फिल्मलाई क्षति पुगकोले त्यस्ता सामाजिक संजालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कार्वाहीको माग गर्दै बस्नेतले निवेदन दिएको हो । निवेदन दिन बस्नेत सोमबार बिहान ब्युरोमा पुगेका थिए । फिल्म बौद्धिक सम्पत्ति भएको र जतिपनि युट्युव र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी गर्नेलाई कार्वाही गर्न भन्दै आफूले निवेदन दिएको समेत निश्चलले बताए ।
प्रकाशित मिति : सोमबार, आश्विन २१, २०८१ |
१९:०३:१३
1519