राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
प्रकाशित मिति: मंगलबार, आश्विन २२, २०८१ | १८:५७:३३
चितवन, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको सो विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन २२, २०८१ |
१८:५७:३३
4401


















