यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय (पूर्णपाठ)
प्रकाशित मिति: आइतबार, कार्तिक ०४, २०८१ | १७:१५:०२
चितवन, ०४ कार्तिक । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अख्तियारी दिएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको हो ।
बैठकले विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड) नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ०४, २०८१ |
१७:१५:०२
1255