लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाको १ लाख ६५ हजार ९ सय नाघ्यो
प्रकाशित मिति: मंगलबार, कार्तिक ०६, २०८१ | १२:०७:०९
चितवन, ०६ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ९ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा ५ रूपैयाँ बढेको चाँदी २१ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ०६, २०८१ |
१२:०७:०९
2003