प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते हुने
प्रकाशित मिति: सोमबार, कार्तिक १२, २०८१ | १४:५७:४७
चितवन, १२ कार्तिक । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधबार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको गरेको हो ।
उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको बताइएको छ ।
समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक १२, २०८१ |
१४:५७:४७
2685